चितवन, भदौ १ । चितवनमा निषेधाज्ञा लागु भएको क्षेत्रमा अत्यावश्यक सामाग्री खरिद गर्न जाँदा सवारीसाधन प्रयोग गर्न निषेध गरिएको छ। निषेधाज्ञा लागु भएतापनि अत्यावश्यक सामाग्री खरिद गर्नको लागि बिहान ५ देखि ८ र बेलुका ५ देखि ८ बजेसम्मको समय तोकिएको छ।
अत्यावश्यक सामाग्री खरिद गर्न जाँदा सवारी साधन प्रयोग गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी साधन प्रयोग नगरि पैदल जानुपर्ने प्रष्ट पार्दै सूचना जारी गरेको छ। अत्यावश्यक सामाग्री खरिद गर्ने समयमा सवारीसाधन प्रयोग गर्न पाउने भ्रम सर्वसाधारणमा भएकोले सूचना नै जारी गरेर प्रष्ट पारिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए।
सवारीसाधन प्रयोग नगरी अतिआवश्यक खाद्यान्न लगायतको सामाग्री खरिदको लागि मात्रै नजिकको पसल जान प्रशासनले आग्रह गरेको छ।
Facebook Comments


























