काठमाडौं, साउन ३० । नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ।
जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार आज मोरङ र सिरहाका १/१ जना पुरुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको हो।
यसअघि विहीबार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ जनाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।
Facebook Comments


























