काठमाडौं, साउन २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्क्षयद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको वार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकिएको हो।
९ दिनको संवादहीनताको अवस्थापछि दुई नेताबीच आज भेट भएको हो। यसअघि साउन १८ गतेदेखि तीन दिन लगातार ओली र प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङले भेटेका थिए।
गत साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमित पत्रकारलाई बोलाएर भेला गरेपछि दुई अध्यक्षको संवाद रोकिएको थियो। त्यसयता ओलीले प्रचण्डसँगको संवादका लागि रुची देखाएका थिएनन्।
यसअघि दुई अध्यक्षको भेटबारे जानकारी दिँदै नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले ५ दिनमै सहमति हुने शृंखला बिहीबारबाटै सुरु भएको बताएका थिए।
प्रधानमन्त्री ओलीले बुधबार मात्र एक टेलिभिजनमा ५ दिनभित्र सिनेरियो चेन्ज हुने बताएका थिए।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







