चितवन, साउन २८ । बाणिज्य बैंक शाखा कार्यालय भरतपुरमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि गरिएको नमुना परिक्षणमा अन्य कर्मचारीको नतिजा नेगेटिभ आएको छ। शाखा प्रबन्धक ईश्वरी न्यौपानेका अनुसार त्यहाँ कार्यरत अन्य २४ जना कर्मचारीको नमुना परिक्षणमा नतिजा नेगेटिभ आएको हो।
शनिबार गरिएको परिक्षणमा त्यहाँ हाँजिर गरेर आन्तरिक राजस्व कार्यालय भरतपुरको काउण्टरमा कार्यरत एक कर्मचारीको नतिजा पोजेटिभ आएको थियो। त्यस लगत्तै त्यहाँका सबै कर्मचारी घरकै क्वारेन्टिनमा बसिरहेका छन्। प्रबन्धक न्यौपानेले अन्य केही कर्मचारीको स्वाब परिक्षण गरेर बैंक खोल्नु पर्ने कर्मचारीको भनाई रहेको बताए।
Facebook Comments


























