चितवन, साउन २६ । महिला दिदी बहिनीहरुको महान चाड हरितालिका तिजको पावन अवसरलाई मध्य नजर गर्दै तिजमा आधारित कथा बस्तुलाई समेटेर तयार गरिएको नेपाली सट मूभी ‘तिज र पुरुष’ को टिजर आधिकारिक रुपमा रिलिज भएको छ ।
बोन्ड्स फिल्म प्रोडक्सनले निर्माण गरेको सट मूभीमा पुरुषको सम्बन्धलाई कसरी तिजले स्पर्ष गरि ब्याख्या गर्न सक्दछ भन्ने कुरा समेटीएको प्रोडुसर, डाईरेक्टर र मूभीका लेखक नविन के शर्माले जानकारी दिए। घरमै बसि सब परिवार सहज तरिकाले हेर्न सक्ने भएकोले भोली (मंगलबार) २७ गते कृष्णआष्ठ्मीको शुभ साइत पारी रिलिज हुने शर्माले जानकारी दिए।
कलाकारको भुमिकामा केदार दवाडी, सागर हेल्लो जान, रेश्मा सुवेदी र नवीन के शर्मा रहेका छन्। भिडीको क्यामरा पर्सनमा आभास राना र ईडिटिङ सुमित लामाले गरेकाछन्।
Facebook Comments


























