साउन २५ । भारतमा आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टर बनाइएको एक होटलमा भीषण आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।
विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा ७ जनाको जलेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। अन्य ४ जना बेपत्ता भएका छन्। आगलागीका समयमा करिव ३० जना व्यक्ति होटलमै रहेको अनुमान गरिएको छ।
आगोले जलेर घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। आन्ध्र प्रदेशका गृहराज्यमन्त्री मेकाथोटी सुचरिताका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो। एजेन्सी
Facebook Comments


























