मुम्बई, साउन २५ । भारतीय अभिनेता सञ्जय दत्त सिकिस्त बिरामी परेपछि मुम्बईस्थित लिलावती अस्पतालको आइसीयूमा भर्ना भएका छन्।
६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएकोमा उनलाई आइसीयूमा सारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
उनको स्वाव पीसीआर टेस्टका लागि पनि राखिएको छ। उनलाई आइसीयूको गैर कोभिड वार्ड राखिएको छ। अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन्। एजेन्सी
Facebook Comments


























