साउन २४ । बलिवुड अभिनेता अभिषेक बच्चन कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
शनिबार गरिएको पिसिआर परिक्षणमा अभिषेकको रिपोर्ट निगेटिभ आएको आफैले जानकारी दिएका छन् ।
उनले भनेका छन् -मैले बाचा गरेको थिए, यसलाई हराउछु भनेर, अभिषेकले कोरोना रिपोर्ट निगेटिभ आएपछि आफ्ना समर्थक, अस्पतालका डाक्टर र नर्सहरुलाई धन्यवाद दिएका छन्।
कोरोना संक्रमण भएपछि गत असार २७ गते आफ्ना पिता अमिताभ बच्चनसँगै मुम्बईस्थित ननावती अस्पतालमा अभिषेक भर्ना भएका थिए। उनीसँगै संक्रमित भएका उनकी श्रीमती ऐश्वर्या राय र उनकी छोरी आराध्याले पनि कोरोना जितिसकेका छन्।
ऐश्वर्या र आराध्या श्रावण १२ गते अस्पतालबाट डिस्चार्ज भएका थिए भने अमिताभ बच्चन श्रावण १८ गते अस्पतालबाट डिस्चार्ज भएका थिए।
योसँगै बच्चन परिवारले कोरोना जितेको छ। संक्रमित चारै जनाको रिपोर्ट निगेटिभ आएको छ।
Facebook Comments


























