साउन २३ । कोरोना संक्रमण मुक्त भएका आधिकांस मानिसको फोक्सोमा समस्या देखिएको छ।
चीनको उहान शहरका कोरोना मुक्त ९० प्रतिशत मानिसको फोक्सो क्षति भएको रिपोर्ट सार्वजनिक भएको छ। वुहान विश्वविद्यालयको एक टोलीले अप्रिल महिदेखि झोङ्गनान अस्पतालका १०० जना बिरामीमाथि निरिक्षण गरिरहेका छ।
एक बर्षको कार्यक्रमको पहिलो चरण जुलाईमा समाप्त भयो। पहिलो चरणको नतीजामा बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामा रहेको देखिएको छ। जसको मतलब उनीहरूको फोक्सोको भेन्टिलेसन र ग्यास विनिमय कार्य स्वस्थ व्यक्तिहरूको स्तरमा सुधार भएको छैन।
अस्पतालको सघन इकाईका निर्देशक, पेन्ग झियोङ नेतृत्वको टोलीले बिरामीहरूसँग छ मिनेट पैदल परीक्षण गरेको थियो। जसमा बिरामी उक्त समयमा केवल ४ सय मिटर मात्र हिड्न सक्ने खुलेको थियो। यस अवधिमा स्वस्थ मानिस ५ सय मिटर हिड्न सक्छ।
यसको मतलब बिरामी मानिसहरु पूर्ण रुपमा सन्चो हुन अझै केही समय लाग्ने देखिएको पेन्गले बताए। एजेन्सी


























