साउन २२ । बलिउड टिभी एक्टर समीर शर्माले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
उनले मुम्बईमा आत्महत्या गरेका हुन्। समीर शर्मा ‘क्योंकि सास बहू थी’ सिरियलमा काम गर्दथे। ४४ वर्षका उनले बुधवार राती मलाड पश्चिम स्थित नेशा सीएचएस बिल्डिङमा आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन्।
मलाड पुलिसका अनुसार उनले यसै वर्षको फेब्रुअरीमा अपार्टमेण्ट किनेका थिए। एजेन्सी
Facebook Comments


























