काठमाडौं, साउन २२ । पूर्वी चितवनको सौराहाचोकमा मुख्य कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त अवस्थाबाट फुकुवा भएको छ। नेपाल राष्ट्र बैंकले २०७० चैत २७ गतेदेखि यसलाई समस्याग्रस्त घोषणा गरेको थियो। यस संस्थालाई ६ वर्षपछि समस्याग्रस्थ संस्थाको सूचीबाट हटाइएको केन्द्रीय बैंकले जानकारी दिएको छ। राष्ट्र बैंक सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले नारायणीलाई समस्याग्रस्तबाट फुकुवा गरेको हो।
यसअघि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम निक्षेप स्वीकार, कर्जा प्रवाह, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरी समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरिएको थियो। उक्त प्रावधानलाई केन्द्रीय बैंकले अब फुकुवा गरेको हो। राष्ट्र बैंकको यो निर्णयसँगै अब बैंकले सशर्त बैकिङ कारोबार गर्न पाउने भएको छ।

Facebook Comments


























