साउन २२ । बलिउडका चर्चित गायक, संगीतकार तथा अभिनेता आदित्य नारायण झाको आज जन्मदिन परेको छ। आज उनले आफ्नो ३३ औं जन्मदिन मनाउदैछन्। उनी १९८७ अगष्ट ६ मा भारतको मुम्बईमा जन्मिएका हुन्।
उनी प्रसिद्ध बलिउड गायक उदित नारायण झाका छोरा हुन्। गायक आदित्यले सानै उमेरदेखी गाउन शुरु गरेर चर्चामा आएका थिए। उनले हालसम्म धेरै गीतहरु गाइसकेका छन्।
उनको छोटा बच्चा जान के गीतले निकै चर्चा पाएको थियो। उनी अहिले इन्डियन आइडल ११ का होस्ट रहेका छन्। केही समयदेखी उनी गायिका नेहा कक्कड़सँगको प्रेम सम्बन्धका कारण चर्चामा आएका थिए।
Facebook Comments


























