चितवन । ट्रकको ठक्करबाट चितवनमा बुधबार साँझ एकजनाकाे मृत्यु भएकाे छ। जप्काबाट ज्योतिनगरतर्फ जाँदै गरेको ना४ख ७३६७ नम्बरको ट्रककाे ठक्करबाट पैदलयात्री भरतपुर २५ अमृतचाेकका ६० वर्षिय लक्ष्मण महतोकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। साँझ करिब साढे पाँच बजेकाे समयमा ट्रकले ठक्कर दिएपछि महताेकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। ठक्कर दिने ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























