काठमाडौं, साउन २१ । लोक गायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ।
तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेका बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो।
‘पीर नभाको को छ र ?’ बोलको गीत गायक शर्माले आफ्नो यूट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
गीतमा लय र शब्द शर्माकै छ। दुर्गा पौडेलले निर्देशन गरेको गीतको छायांकन पनि पौडेल आफैले गरेका छन्।
नवीन घर्ती मगरले सम्पादन गरेको भडियोमा दिपा शाविसि, बबिन ठकुरी, नन्द बस्याल र यम गुरुङ फिचर्ड छन्।
यसअघि गायक शर्मा र गायिका न्यौपानेको “झमझम दर्कियो पानी”बोलको गीतले चर्चा कमाएको थियो।
Facebook Comments


























