काठमाडौं, साउन १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको संवादहीनताको अवस्था छलफलको चरणमा प्रवेश गरेको छ। १३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेका थिए। बहुमत असन्तुष्ट सदस्यहरुले स्थायी कमिटीको बैठक लगातार स्थगन गर्न नहुने धारणा राखे पछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक सञ्चालन गरेका थिए।
बैठक अन्तिम समयमा स्थगित गरेको भन्दै ओलीसँग दाहाल पनि आक्रोशित बनेका थिए। त्यसपछि नेकपाका शीर्ष नेताहरुबीच संवाद हुन सकेको थिएन। आज नेकपाका वरिष्ठ नेता झलनाथ खनालसहित दुई अध्यक्ष छलफलमा जुटेका हुन्।
Facebook Comments


























