काठमाडौं, साउन १७ । नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन्। ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए।
हाल कोरोना संक्रमित नभएका ६ जिल्ला
- भोजपुर
- मुस्ताङ
- संखुवासभा
- मनाङ
- काभ्रेपलाञ्चोक
- रसुवा
नेपालमा आज (शनिवार) थप ३१५ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५६ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ पुगेको छ।
Facebook Comments


























