वीरगञ्ज, साउन ९ । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ। गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा। उदयनारायण सिंहले जानकारी दिए।
डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन्। केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन्। साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो।
Facebook Comments


























