काठमाडौं, साउन ८ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। पर्साको वीरगन्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको बधुबार मृत्यु भएको बिहीबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
Facebook Comments


























