काठमाडौं, साउन ७ । मंगलबार थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म १२ हजार ६८४ उपचारपछि निको भएका छन्। विगत २४ घण्टायता ३ हजार ७७९ जनाको पिसिआर परीक्षण भएको छ।
हालसम्म नेपालमा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। बुधबार थप एक जना संक्रमितको मृत्यु भएको हो। उनी चिनियाँ नागरिक हुन्।
हाल ५ हजार ३ सय ७० जना सक्रिय संक्रमित रहेका छन् भने २० हजार ८४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments


























