साउन ७ । बलिउडका निर्माता तथा निर्देशक अनुभव सिन्हाले बलिउड छाड्ने घोषणा गरेका छन्।
कलाकार शुसान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा अहिले आरोप प्रत्यारोप चलिरहेका बेला सिन्हाले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै आफुले बलिउड फिल्मी जगतबाट राजिनामा दिएको जानकारी गराएका हुन्।
सिन्हाले ट्वीटरमा लेखेका छन्, ‘धेरै भयो। अब म बलिउडबाट राजीनामा दिँदैछु। अब यसको जेसुकै मतलब होस्।’ उनले ट्वीटरमा आफ्नो प्रोफाइल नाम पनि परिवर्तन गरेका छन्।
अब उनको नाम अनुभव सिन्हाको पछाडि (नट बलिउड) थपिएको छ। सिन्हाले ‘मुल्क’, ’आर्टिकल १५’ र ’थप्पड़’ जस्ता तारिफयोग्य फिल्म बनाएका छन्। एजेन्सी
Facebook Comments




















