काठमाडौं, साउन ५ । सोमबार थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
विगत २४ घण्टायता देशका २७ प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। हाल आइसोलेसनमा २२ हजार २ सय २८ जना छन् भने ५ हजार ९ सय ३६ जना कोरोना संक्रमित उपचाररत छन्।
हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
Facebook Comments


























