चितवन । हप्तामा एकदिन एकछिन समाजको लागि कार्यक्रमअन्तर्गत वे ग्रुप नेपालले नियमित सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ। सोमबार अस्पताल रोडमा निर्मित पार्क वरिपरि सरसफाइ गरेको हो। लकडाउनको समयमा घाँस उम्रिएर पार्क पूरै ढाकिएपछि वे ग्रुपले लकडाउनको ३ महिनापछि सरसफाइ शृङ्खलालाई नियमित गरेको हो।

सोमबार करिब २५ जनाको टोलीले उक्त पार्कमा सरसफाइ गरेको थियो। सोमबार २०५ औँ श्रृङखलाअन्तर्गत सरसफाइ गरेको वे ग्रुप नेपालका अध्यक्ष भोजनारायण कँडेलले बताए।

Facebook Comments


























