काठमाडौं, साउन ३ । शनिबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म ११ हजार ६३७ उपचारपछि निको भएका छन्।
विगत २४ घण्टायता ३ हजार ३३१ जनाको कोरोनाको पिसिआर परीक्षण भएको छ। हाल २३ हजार २ सय ७५ जना क्वारेन्टाइनमा छन् भने ५ हजार २५ जना आइसोलेसनमा छन्।
शुक्रबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
Facebook Comments


























