चितवन । निर्दोष जीवनको शब्द, अजुन पोखरेलको संगीत र बिना सेन्चुरीको आवाजमा रहेको गीत ‘मेरो मनले यही भन्छ’ बजारमा आएको छ। मा करिब डेढ दसकदेखि नेपाली गीत–संगीतसँगै साहित्य क्षेत्रमा सक्रिय रहँदै आएका निर्दोषको उक्त गीत सञ्जीव सेन्चुरी नामक युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो। नेपाली साहित्यको कथा, उपन्यास, गजल, मुक्तक, हाइकुलगायत विधामार्फत लेखकको पहिचान बनाएका उनले मेरो मनले यही भन्छ पनि दर्शक स्रोताको रोजाईमा पर्नेमा आफू विश्वस्त रहेको बताए।
त्यसो त उनी आफैँले करिब तीन दर्जन गीत तथा गजलमा आवाज दिइसकेका छन्। हालसम्ममा चारदर्जन भन्दा बढी गीत तथा गजल रेकर्ड भइसकेको बताउने उनका ‘आशिर्वाद’, ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘कोर्राको चोट’, ‘मैयाँ’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’लगायतका कृति बजारमा ल्याइसकेका छन्। हाल उनी नयाँ कृति उपन्यास प्रकाशन गर्ने तयारीमा छन्।


























