काठमाडौं, असार ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।
फुटको संघारमा रहेको बताइएको नेकपामा सहमति जुटाउन मंगलवार पनि छलफल गरेका ओली र प्रचण्डले बुधवार २ घण्टा लामो छलफल गरेका हुन्। छलफलमा के कुराकानी भन्ने खुलाइएको छैन।
नेकपा भित्र विवाद बढदै गएपछि प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समुह ओलीलाई दुबै पदबाट हटाउनुपर्ने अडान अघि सारेका छन्। तर ओलीले भने आफूले दुवै पद नछोडने बरु हटाएर देखाउन नेताहरुलाई चुनौति दिएका छन्।
पटक पटक स्थायी कमिटी स्थगित गरेका ओली प्रचण्डले पछिल्लो समय १० दिन स्थगित गरेर छलफलमा जुटेका हुन्।
Facebook Comments


























