असार ३१ । कोरोना भाइरसको महामारीपछि सिंगापुर आर्थिक मन्दीमा फसेको छ।
सिङ्गापुर यो वर्षको दोस्रो त्रैमासिकमा आर्थिक मन्दीमा प्रवेश गरेको रोयटर्सले जनाएको छ। सिङ्गापुरको अर्थव्यवस्थामा दोस्रो त्रैमासिकमा ४१ दशमलव २ प्रतिशतको गिरावट आएको हो।
वाणिज्य मन्त्रालयका अनुसार गएको वर्षको तुलनामा अप्रिलदेखि जुनबीच सिङ्गापुरको अर्थव्यवस्थामा १२ दशमलव ६ प्रतिशतको दरले गिरावट आएको छ।
कोरोना भाइरसको सङ्क्रमण दर रोक्न लगाइएको कडा प्रतिबन्धको कारण यो अवस्था आएको बताइएको छ।
विश्वको खुला अर्थव्यवस्थामध्ये एक सिङ्गापुरको अर्थव्यवस्थामा गिरावट देखिएको यो दोस्रो साता हो। पछिल्लो १० वर्षमा सिङ्गापुर पहिलो पटक आर्थिक मन्दीतर्फ धकेलिएको हो।
Facebook Comments


























