बेलायत, असार २९ । बेलायतमा १०४ वर्षीया वृद्धा कोरोना संक्रमणमुक्त भएकी छिन्। अस्पताल नै नगई बेलायतकी ग्रेस ग्रीनवुडले कोरोना संक्रमणमुक्त भएकी हुन्।
पछिल्लो तीन हप्तासम्म उनी ओछ्यानबाट उठ्न सकिनन्। उनलाई सास लिन पनि गाह्रो भएको थियो। तर, उमेरका बावजुद पनि उनलाई अस्पताल जानु परेन र उनी घरमै निको भइन्।
अहिले उनी पूर्ण रूपमा निको भएको बिबिसीले उल्लेख गरेको छ। उनकी नातिनी क्रिस्टल अपोलोनियाले हजुरआमा केही हप्ता अघि बिरामी भएको र अहिले निको भएको जानकारी दिइन्।
ग्रेस ग्रीनवुडको जन्म बर्मा (म्यानमार) मा भएको थियो। उनले केही समय भारतमा नर्सको रूपमा पनि काम गरेकी थिइन्। उनी १९४६ देखि बेलायतमा बसोबास गर्दै आएकी थिइन्। उनले सन् १९६० मा ब्रेष्ट क्यान्सलाई पनि जितकी थिइन्।
च्भबम mयचभ बतस् जततउकस्ररतजबजबपजबदबच।अयmरलभधकरज्ञण्द्दठठट
Facebook Comments


























