मुम्बई, असार २९ । भारतीय अभिनेत्री दिव्या चौस्केको निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लडिरहेकी उनको आइतबार २६ वर्षको उमेरमा निधन भएको भारतीय मिडियाले जनाएका छन्। दिव्याले लण्डनमा एक्टिङ क्लास सकेर भारत फर्किएकी थिईन्।
मोडलिङमा सक्रिय रहने उनको अधुरो यात्राका बारेमा उनका भाई अमिस बर्माले फेसबुकमा पोष्ट शेयर गर्दै दिदीको मृत्युको खबर पुष्टी गरेका छन्। अन्तिम पोष्ट इस्टाग्राममा पोस्ट गर्दै उनले मृत्युसँग लड्न नसकेको भाव व्यक्त्त गरेकी छिन्।
Facebook Comments


























