चितवन, असार २२ । मास्क नलगाई घरबाहिर निस्कनेलाई जिल्ला प्रशासन कार्यालय चितवनले कारबाही गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न सूचना जारी गरेको हो। अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत इश्वर सिंखडाले बताए।
कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्णरुपमा नखुली व्यवस्थित मात्र गरिएको प्रशासनले जनाएको छ। जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने प्रशासनको सूचनामा उल्लेख छ। गृह मन्त्रालयको निर्देशन अनुसार नै प्रशासनले कारबाही गर्ने बताएको हो।

Facebook Comments


























