असार २२ । इरानको परमाणु केन्द्रमा आगलागी हुँदा ठूलो क्षति भएको छ।
नातान्जमा रहेको परमाणु केन्द्रमा भएको आगलागीको कारण थाहा हुन नसकेको इरानको परमाणु उर्जा निकायका प्रवक्ता बेह्रुज कमलवंडीले जनाएका छन्।
आगलागीका कारण क्षति भएका मेसिनलाई थप आधुनिक मेसिनले बिस्थापित गर्ने उनले बताएका छन्।
गत हप्ता पनि इरानको परमाणु केन्द्रमा आगलागी तथा बम बिस्फोट भएको थियो। ती विस्फोटहरूमा भएका क्षतिका विस्तृत विवरण इरानले गोप्य नै राख्दै आएको छ। एजेन्सी
Facebook Comments


























