उत्तरप्रदेश, असार २२ । भारतको उत्तरप्रदेशस्थित एक मैनवत्ती उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ।
उत्तरप्रदेशको गाजियाबादस्थित एक मैनवत्ती बनाउने उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले जनाएको छ।
मृत्यु हुने ६ महिला, एक पुरूष र बालक रहेको एनडीआरएफका महानिर्देशक सत्यनारायण प्रधानले जानकारी दिएका छन्। एजेन्सी
Facebook Comments


























