असार २० । अनिच्छित गर्भ रोक्नका लागि कपर टि राम्रो विकल्प हो। कपर टि पछिल्लो समयमा गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय मानिन्छ। कपर टि लगाएपछि अनिच्छित गर्भ रहने भय हुँदैन।
तर, कपर टि लगाइसकेपछि कति दम्पतीमा यस्तो प्रश्न उठ्न सक्छ कि, यसले यौन जीवनमा असर त पर्दैन ?
यौन सम्पर्कका क्रममा कपर टिमा लगाइएको कप्पर अर्थात तामाको तारले वा तल रहेको प्लास्टिको तारले यौन सम्पर्कमा वाधा उत्पन्न गर्न सक्छ भन्ने डर धेरैमा हुन सक्छ। खासमा कप्परको तार राम्ररी मिलाएको हुन्छ र त्यो पाठेघर भन्दा बाहिर आउदैन र तल रहेको प्लास्टिकको तार चिकित्सक वा स्वास्थ्यकर्मीले मिलाएर काट्नुपर्ने हुन्छ। यो असाध्यै नरम हुन्छ, त्यसैले कुनै नराम्रो महशुष हुदैन। यद्यपी त्यसो भएमा चिकित्सककहाँ सम्पर्क गर्न सकिन्छ।
रगत आउन सक्छ
नेपालमा उपलब्ध कपर टि मा हर्मोन प्रयोग गरिएको हुदैन। तर बाहिरी मुलुकमा केहि महिला, जसले हर्मोनल आईयूडी लगाएको हुन्छ, यौन सम्पर्कको क्रममा उनीहरुको रगत आउन सक्छ। हरेक महिना मासिक श्रावका साथै थोरै रगत आउन सक्छ। कहिले कहि यौन सम्पर्कको बेला पनि रगत आउन सक्छ। यदि त्यस्तो अवस्थामा आएमा यौन जीवन प्रभावित हुनसक्छ। त्यसैले चिकित्सकको परामर्श लिनुपर्छ।
यौन जीवनमा असर पर्दैन
हर्मोनल आईयूडी र नन हर्मोनल आइयूडी लगाउनाले यौन जीवनमा खास असर पदैन।
अनिच्छित गर्भको चिन्ता हुन्न
यस किसिमको आईयूडी लगाएपछि अनप्लान्ड प्रग्नेन्सीको खतरा हुँदैन। यौनमा नयाँ नयाँ प्रयोग गर्न सकिनेछ। जब चक्की लिने वा कन्डम लगाउने चिन्ता हुँदैन भने यौनसम्पर्क अधिक सहज हुन्छ।
आइयूडी आफ्नै स्थानमा रहन्छ
यदि आईयूडीलाई यूटरसको सहि स्थानमा लगाइएको छ भने हरेक किसिमको यौन पोजिसन प्रयोग गर्न सकिन्छ । यसका लागि कुनै तनाव लिनुपर्ने छैन ।
यसकारण फाइदाजनक
– यो गर्भनिरोधको प्रभावशाली उपाय हो।
-यो सुविधाजनक हुन्छ, पिल्स लिनेजस्तो झन्झट हुँदैन।
-महंगो हुँदैन।
-चिकित्सकद्वारा कुनैपनि समयमा निकाल्न सकिन्छ।
-तुरुन्तै काम सुरु गर्छ।
केही सावधानी
कपर टी लगाए पछि कसैकसैलाई सेतो पानी जाने, तल्लो पेट दुख्ने हुन सक्छ। यस्तो भएमा चिकित्सकसंग सम्पर्क गर्नु पर्छ, सबै अवस्थामा कपर टी निकाल्नु पर्दैन। कहिलेकाही कपर टी खसेको हुन सक्छ।
कपर टी खस्दा आत्तिनु पर्दैन। तर कपरटि नभए पछि परिवार नियोजन नहुने भएकोले अर्को साधन रोज्ने वा फेरि कपर टी लगाउनु पर्छ। कपर टी परिवार नियोजनका सबै क्लिनिकहरुमा आवश्यक परामर्श र परिक्षण गरेर लगाउने गरेको छ। अहिले स्त्रीरोग विशेषज्ञहरु आफैले पनि लगाईदिने गरेको छ। यो बच्चा जन्मिने बित्तिकै पनि लगाउन सकिन्छ।
नेपाल सरकारका स्वस्थ्य संस्थामा यो सेवा निशुल्क छ भने निजि अस्पतालहरुमा कहि शुल्क लिने गरेको छ।
























