काठमाडौं, असार १८ । सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
भूमिसुधार मन्त्री पद्मा अर्यालका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि अन्त्य गर्ने निर्णय बैठकले गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्नेछिन्।
Facebook Comments


























