तेहरान, असार १७ । इरानको राजधानी तेहरानमा भएको शक्तिशाली बम बिस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । तेहरानको एक क्लिनिकमा भएको घटनामा केही घाइते भएका छन्।
ग्यास लिक भएर भएको बिस्फोटको समयमा अधिकांश बिरामीहरु शल्यक्रिया गरिरहेको बुझिएको छ । बिस्फोटका क्रममा बिरामी र कुरुवाबीच भागदौड मच्चिएको थियो। दुइतले सो क्लिनिकमा दोश्रो तल्लामा बिस्फोट भएको हो।
घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। मारिनेमा अधिकांश महिला रहेका छन्। बिस्फोटका कारण क्लिनिक ध्वस्त भएको छ।
Facebook Comments


























