काठमाडौं, असार १७ । नेपाली सेनामा उच्च अधिकृतहरुको काज सरुवा भएको छ। सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनाको गूप्तचर महानिर्देशनालयको प्रमुखमा उपरथी सरोज प्रताप राणालाई जिम्मेवारी दिइएको छ।
हालका गूप्तचर प्रमुख झंकर कठायतले अवकास पाउने दिन नजिक छ। उनि श्रावण १५ मा उपरथीबाट अवकासमा जांदैछन्। त्यसैगरी उपरथी बढुवाको लाइनमा रहेका सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलाई उपरथी राणाको ठाउंमा मध्यपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको छ।
उनको ठाउंमा १५ बाहिनीका बाहिनीपति रहेका सहायकरथी सन्तोष वल्लव पौडेललाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको छ। त्यसैगरी १५ बाहिनीको बाहिनीपतिमा सहायकरथी अरुण पाल, आप्रमा सहायकरथी योगराज शर्मा र सुरक्षा परिषदमा सहायकरथी भरत पाठकको काज सरुवा भएको छ।
Facebook Comments


























