काठमाडौं, असार १५ । ललितपुरको स्टार अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारका क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।
उनमा श्वासप्रश्वाससम्बन्धी समस्या थियो। उनको मृत्यु शनिबार राति भए पनि पिसीआर परीक्षणको रिपोर्ट सोमबार बिहान आएको कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए।
उनको मृत्यु भए पनि शनिबार राति नै स्वाब संकलन गरिएको थियो। उनको हाल शव व्यवस्थापन गर्ने कार्य भइरहेको प्रमुख गेलालले जानकारी दिए। उनको कन्ट्याक ट्रेसिङ गरिने गेलालले बताएका छन्।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।
Facebook Comments


























