हेटौंडा । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रीमती संघ मकवानपुरले सुस्मिता थापा हत्याको बिषयमा ध्यानाकर्षण भएको जनाएको छ। संघकी अध्यक्ष डोल्मा स्याङ्बो र सचिव लक्ष्मी चौलागाईँसहितको टोलीले मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानालाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न जो भएपनि कानुनअनुसार कारवाहीको माग गरेका छन्।
सत्यतथ्य सार्वजनिक गर्दै घटनामा संलग्नलाई कानुनअनुसार कारवाहीसहित पीडितलाई न्याय दिलाउन ज्ञापनपत्रमार्फत माग गरिएको अध्यक्ष स्याङ्बोले बताइन्। असार २ गते हेटौंडा ४ मा सुस्मिता थापाको आफ्नै घरमा मृत अवस्थामा शव फेला परेको थियो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सुस्मिताका ससुरा प्रकाश र नन्द सीतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments

























