मुम्बई, असार १२ । स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूत यो संसारबाट बिदा भएको खबरले धेरैलाई स्तब्ध बनाएको छ। उनले आत्महत्या गरे साथै धेरै बहस र छलफलका विषयहरु जन्माएर गए। केही व्यक्तिगत व्यवहारसँग सम्बन्धित थिए त केही चलचित्र क्षेत्रको वास्तविकता।
धेरै दिनदेखि सुशान्तको विषयमा चलिरहेको बहसहरुमध्येमा अर्को विषय जोडिएको छ, त्यो हो सुशान्त सिंह राजपूतले अभिनय गरेको अन्तिम चलचित्र ‘दिल बेचारा’। यो चलचित्र सन् २०१४ मा अमेरिकामा निर्माण भएको चलचित्र ‘द फ्लुट इन आवर स्टार्स’ को रिमेक हो। ‘द फ्लुट इन आवर स्टार्स’ चलचित्र सन् २०१२ मा प्रकाशित जोन ग्रिनको उपन्यासमा आधारित चलचित्र हो।
यो चलचित्रलाई मुकेश चाब्राले निर्देशन गरेका छन्। मुकेशको यो पहिलो डेब्यू चलचित्र हो। यो चलचित्रमा सुशान्तसँग सजना साँगाईको अभिनय रहेको छ।
सुशान्तको मृत्युपछि मुकेशले आफ्नो इन्स्टाग्राममा ‘दिल बेचारा’ को तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,
सुशान्त मेरो चलचित्रको अभिनेता मात्र थिएनन्, डेब्यू निर्देशकको रुपमा सुशान्तसँग काम गर्दा उसले मलाई राम्ररी बुझ्यो। हामी चलचित्र ‘काई पो चे’ बाट नजिक भएका थियौ। उसले मलाई मेरो पहिलो चलचित्रमा काम गर्ने वचन दिएको थियो। हामीले धेरै योजनाहरु साथ गरेका थियौ, धेरै सपनाहरु साथ देखेका थियौ। तर मैले कहिले पनि कल्पना नै गरेको थिइन की म मेरो चलचित्र उ बिना प्रदर्शन गर्नेछु।
उसँग जसरी खुसी र उल्लास साट्ने दोस्रो कोही छैन। मैले चलचित्र बनाउँदा उसले मलाई धेरै स्नेह दिएको छ, उसको स्नहले नै मलाई यो चलचित्र प्रदर्शनको मार्ग देखाएको छ। म धन्य छु कि उत्पादकले यो चलचित्र सबैलाई देखाउने माध्यमको व्यवस्था गरेका छन्। हामी तिमीलाई माया गर्न चाहन्छु, म तिमीलाई माथि बसेर मुस्कुराउदै हामीलाई आशिर्वाद दिएको देख्न सक्छु। धेरै धेरै माया।’
तर सुशान्तका प्रशंसकहरु यो चलचित्रलाई ठूलो पर्दामा प्रदर्शनको माग गरिरहेका छन्। तर हाल भईरहेको महामारीको कारण चलचित्र डिजिटल माध्यमबाट जुन २४ मा प्रदर्शन तय भएको छ। वितरकले सुशान्त चलचित्र हेर्न निशूल्क रहेको जनाएका छन्।


























