काठमाडौं, असार १२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।
पार्टीभन्दा पनि अहिले सरकारको काममा बढी ध्यान दिनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली अनुपस्थित रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बाह्रखरीलाई जानकारी दिए।
उसो त वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै मन्तव्य राखिसकेका छन्।
आजदेखि बाँकी सदस्यहरुले आफ्ना धारणा राख्नेछन्।
कोभिड(१९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधानसहित अन्य विषयलाई बैठकमा एजेन्डाका रुपमा राखिएको छ। पार्टी एकताका कामहरु, एमसीसी र विविध विषय पनि छलफलको सूचीमा राखिएको छ।
नेकपा स्थायी कमिटीमा आमन्त्रितसहित ५१ सदस्य छन्।
Facebook Comments


























