चितवन, असार १२ । भरतपुर ५ बिकाश चोकमा अवस्थित अर्बिट स्कुलले विश्व संगीत दिवस (जून २१) को अवसरमा अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता आयोजना गरेको छ।
प्रतियोगिता ९ देखि २१ वर्षका भाइबहिनीहरुको लागि आयोजना गरिएको थियो। सो प्रतियोगिताको जून २५ मा नतिजा प्रकाशन गरेको छ। ५ प्रतिशत अनलाइन भोटिंग र ५ प्रतिशत आन्तरिक मूल्याकंन को आधारमा विजयी भाइबहिनीहरुको नतिजा प्रकाशन गरेको हो।
विजेता हुनेहरुमा ९ देखि १४ वर्ष सम्म समूह तितस दास(११) कक्षा ६, होलि रक स्कुल, पश्चिम बङ्गाल, भारत, १५ देखि २१ वर्ष सम्म समूह साइरस श्रेस्ठ (२०) स्नातकोत्तर प्रथम वर्ष, ब्राइट भिसन ल कलेज (बिराटनगर, मोरङ्ग), इटहरी, सुनसरी
यस लक्डाउनको अवस्थामा पनि विद्यालयले अनलाइन कक्षा संचालनका अतिरिक्त विभिन्न अनलाइन प्रतियोगिता आयोजना गर्दै आएको छ। हाल राष्ट्रिय सांस्कृतिक पहिरन प्रतियोगिता समेत भईरहेको कार्यक्रम संयोजक श्री प्रदिप कुमार करले जानकारी दिए। साथै, यहि शैक्षिक सत्र बाट कक्षा १२ पनि सन्चालन भैइरहेको छ।


























