चितवन, असार ७ । देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ। कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ।
समितिले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै कोरोनाको सम्भावित जोखिमका कारण घरमा नै स्नान गर्न अनुरोध गरेको हो।
समितिका अध्यक्ष शिवराज पौडेलले मठमन्दिर र देवघाटमा बसोबास गर्ने बाहेक अन्य भक्तजनलाई स्नान गर्न नआउन आग्रह गरे। यस अगाडिका वर्षहरुमा ग्रहण लाग्दा ५० हजार हाराहारी भक्तजन स्नान गर्न आउने गरेको भए पनि यस वर्ष कोरोना भाइरसको जोखिमका कारण भक्तजनलाई नआउन अनुरोध गरिएको उनले बताए। रासस
Facebook Comments


























