काठमाडौं, असार ७ । आज देखिने भनिएको सूर्यग्रहण सुरु भएको छ। यो ग्रहण वास्तवमा वलय (सूर्य केवल बालाको आकारमा मात्रै देखिने) सूर्यग्रहण भए तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने वाल्मीकि क्याम्पस ज्योतिष विभागका सहप्राध्यापक जयन्त आचार्यले बताएका छन्। उनका अनुसार अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण देखिनेछ।
कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ।
Facebook Comments


























