काठमाडौं, असार ५ । विदेशमा मृत्यु भएका २३ नेपालीको शव शुक्रबार काठमाडौं ल्याइएको छ। खाडी मुलुकबाट चार्टड विमान हुँदै नेपालीको शव काठमाडौं आइपुगेको हो।
शुक्रवार बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा, दुबईबाट आएको नेपाल एअरलाइन्सले एउटा र कुवेतबाट जजिरा एयरले दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए। उडान शुरु भएसँगै शवहरु नेपाल ल्याउन थालिएको हो।
Facebook Comments


























