काठमाडौं, असार ४ । नोभेल कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुदूरपश्चमका दुई जना रहेका छन्। जसमध्ये गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिला रहेका छन्।
उनलाई जेठ ३१ गते कोरोना पुष्टि भएको थियो।
गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
त्यसैगरी लक्कीचुहाकी महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो। उनको असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो।
उनको असार २ गते नै निधन भएको जनाइएको छ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ।
Facebook Comments


























