असार ४ । ४५ वर्षपछि भएको हिंसात्मक भीडन्तभएपछि चीन र भारतका सैन्य अधिकारीहरूबीच भएको वार्ता निष्कर्षविहिन भएको छ।
२० भारतीय सैनिकको मृत्यु हुने गरी सोमबार राति भएको लद्दाख घटनाबारे छलफल गर्न बसेको भारत र चीनको सैन्य वार्ता विना निष्कर्ष टुंगिएको हो।
समाचार एजेन्सी एएनआईका अनुसार घटनापश्चात मेजर जनरल स्तरको वार्ता भएको थियो। तर, वार्ताले परिणाम निकाल्न सकेन।
उक्त घटनालाई लिएर बुधबार नै भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी चीन वांगबीच टेलिफोन वार्ता भएको थियो।
लद्दाख प्रकरण लगत्तै दुवै मुलुकले सुरक्षा सतर्कता अझ बढाएका छन्। भारतले उक्त क्षेत्रमा सुरक्षा तैनाथी थप बढाएको बताइएको छ भने चीनले तिब्बत क्षेत्रमा सैन्य अभ्यास नै गरिरहेको समाचारहरू बाहिरिएका छन्। एजेन्सी
Facebook Comments


























