बेइजिङ, असार ३ । लद्दाखमा भएको हिंस्रक झडपपछि चीनले उक्त झडप भारतकै कारणले भएको जवाफ दिएको छ।
चीनको विदेश मन्त्रालयले बुधबार भनेको छ,‘गलवान उपत्यकामा भएको घटनामा हामीलाई जिम्मेवार ठहर्याउन सकिँदैन।’
‘यसमा सही र गलत के हो सबै साफ छ। यो घटना चीनको एलएसीको तर्फ भएको छ त्यसैले यसमा चीनलाई जिम्मेवार बताउँन मिल्दैन’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्,‘गलवान उपत्यका क्षेत्रको सार्वभौमिकता सधै चीनको हो। भारतीय सेनाले बोर्डर प्रोटोकल र सेनास्तरमा भएको सहमतिको गम्भीर उल्लंघन गरेका छन्।’
उनले सो क्रममा चीन भारतसँग कहिल्यै संघर्ष नचाहने बताए। हाल विवाद समाधानका लागि तिव्र रुपमा दुई देशबीच कुटनीतिक र सेनास्तरमा वार्ता भइरहेको उनले जानकारी दिए। एजेन्सी
Facebook Comments


























