सिराहा, असार २ । नेपालले जारी गरेको नयाँ नक्साबारे असहमति राख्दै आएकी जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरी माइती देश भारत प्रवेश गर्न लाग्दा उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर फर्काइदिएका छन्।
उनले भारत प्रवेश गर्न निकै प्रयास गरे पनि सफल नभएपछि लाहानतर्फ फर्किएको सुरक्षा स्रोतको भनाइ छ। गिरी मंगलबार दिउँसो तीन बजे चालक र गाडीसहित सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन्।
सुरक्षागार्ड समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रवेश गर्न लागेकी थिइन्। प्रहरीले लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै फर्काएको हो।
Facebook Comments


























