काठमाडौं, असार १ । सोमबार थप ६७ जना जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
यीमध्ये ७ जना महिला हुन् भने जना ६० जना पुरुष छन्। जनकपुरमा उपचाररत २४ जना पाटन अस्पतालमा उपचारत ४, बलम्बुबाट २, त्रिवि शिक्षणबाट २, कलैयामा उपचाररत ६ जना र साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १७ तथा कोरोना विशेष अस्पतालबाट १२ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
योसहित नेपालमा हालसम्म १ हजार ४१ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।
नेपालमा शनिबारसम्म १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments


























