चीन, जेष्ठ ३२ । चीनको राजधानी बेइजिङस्थित एक होलसेल बजारका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बेइजिङको दक्षिण-पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।
थप कोरोना संक्रमित भेटिएपछि सो क्षेत्रलाई ’युद्धकालीन आपतकाल’ घोषणा गरिएको छ।
संक्रमित भेटिएका क्षेत्रका सम्पूर्ण पर्यटकीय र खेल गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ। संक्रमित फेला परेसँगै त्यहाँ कोरोना भाइरसको नयाँ चरण सुरू भएको समेत आशंका गरिएको छ।
नयाँ कोरोना भाइरस संक्रमितहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिएको जनाइएको छ। संक्रमित देखिएपछि सो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति सील गरिएको छ।
आइतबार विहानसम्म विश्वभर कोरोनाको महामारीका कारण संसारभर ७८ लाख बढी मानिस संक्रमित भएका छन् भने ४ लाख ३२ हजार बढीको मृत्यु भएको छ।


























