जेष्ठ ३१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीले आरोपित वा अभियुक्त पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था गलत भएको बताएका छन्।
फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले घाँटी थिच्न नपाउने गरी गरिएको प्रस्ताव उत्कृष्ट र निष्पक्ष रहेको बताएका छन्।
डेमोक्र्याटले प्रस्ताव गरेको प्रहरी सेवा सुधार सम्बन्धी विधेयकमा पनि घाँटी थिच्न प्रतिबन्ध लगाउने उल्लेख गरिएको छ।
मिनियापोलसमा गएको मे २५ मा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई प्रहरीले पक्राउका क्रममा करिव ९ मिनेटजति घाँटीमा थिचेको र प्रहरी नियन्त्रणमा नै उनको मृत्यु भएको थियो।
उक्त घटना बाहिरिए लगत्तै अमेरिकाभर प्रहरी ज्यादतीविरूद्ध प्रदर्शन भइरहेका छन्।
Facebook Comments


























